नियम १३१
निरीक्षण गर्दा निषेध गरिएको काम
(१) निरीक्षण गर्ने व्यक्तिले अभिलेख कक्षमा कलम, मसी, फोटो खिच्ने सामान ल्याउन र निरीक्षण गर्दा मिसिल वा लिखतमा कुनै प्रकारको दाग वा चिह्व लगाउन वा त्यसलाई च्यात्न वा अरु कुनै किसिमबाट नोक्सान पुर्याउन हुँदैन।

(२) निरीक्षण गर्ने व्यक्तिले भने छुट्टै कागजमा आवश्यक कुरा सिसाकलमले टिप्नसम्म हुन्छ। मिसिल वा लिखतको नक्कल उतार्न, फोटो खिच्न, उल्था गर्न वा पहिलेदेखि आफूसँग भएको नक्कल वा उल्थामा भिडाई हेर्न हुँदैन।

(३) पर्याप्त कारण भएमा बाहेक मुद्दा सुनुवाइ हुने दिन इजलासमा पेस भएको वा हुने मिसिल वा लिखत निरीक्षण गर्न दिइने छैन।